Rule 9
स्टकको प्रतिलिपि दिने
(१) हराएको, चोरिएको, अस्पष्ट वा विकृत स्टकको सम्बन्धमा त्यसको धनीले प्रमाण सहित बैड्ढमा लिखित आवेदन गरेमा र सो कुरा बैड्ढलाई चित्त बुझेमा ने.रु. १।– एक लिई सो आवेदकलाई सो स्टकको प्रतिलिपि दिन सक्नेछ ।
(२) उपनियम (१) मा जेसुकै लेखिएको भए तापनि कुनै स्टक चोरिएको वा हराएको भनी आवेदन पर्न आएमा सो कुराको सूचना स्थानीय पत्र–पत्रिकामा घटीमा लगातार तीन पटक प्रकाशित गर्नु पर्छ र सो अन्तिम सूचना प्रकाशित भएको १८० दिन बितेर पनि कसैको प्रतिवाद पर्न नआएमा मात्र बैड्ढले सो स्टकको प्रतिलिपि दिन सक्नेछ । तर प्रतिवाद पर्न आएमा ऐनको दफा १३ बमोजिम हुनेछ ।